Sayapatri

Notices

Posted By Logo

Sayapatri

10:26 AM    20/07/2026

Notice Image
42

Subject: वर्षे बिदा समाप्त तथा विद्यालय सञ्चालन सम्बन्धी सूचना

यस विद्यालयमा दिइएको बर्षे बिदा आज मिति २०८३ साल श्रावण ४ गते समाप्त हुने र भोलि मिति २०८३ साल श्रावण ५ गतेदेखि विद्यालयको नियमित पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरू पूर्ववत् सञ्चालन हुने जानकारी गराइन्छ। तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित समयमै विद्यालयमा उपस्थित भई नियमित रूपमा कक्षामा सहभागी हुन समेत अनुरोध गरिन्छ।

Read More →
Posted By Logo

Sayapatri

07:04 AM    07/07/2026

52

Subject: First Terminal Examination & Admit Card Collection

Dear Parents/Guardians, This is to inform you that the First Terminal Examination will commence on 22nd Asar and conclude on 29th Asar. All parents/guardians are kindly requested to collect their ward's admit card from the school office before the examination begins. Students must bring their admit card every day during the examination. Your kind cooperation is highly appreciated. Thank you. Shree Sayapatri English Boarding School Administration

Read More →
Posted By Logo

Sayapatri

03:03 PM    01/11/2025

131

Subject: सूचना

यस विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक शिक्षिका एवम् कर्मचारी र आदरणीय अभिभावकज्यूहरूमा यो सूचित गरिन्छ कि मिति २०८२-०७-१३ गते र पत्र सङ्ख्या २०८२/०८३ , चलानी नम्बर ६३२ मा पाख्रीबास नगरपालिका , नगर कार्यपालिकाको कार्यालय पाख्रीबास धनकुटाद्वारा जारी निर्देशनअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभावका कारण केही दिन भीषण वर्षा हुने र उच्च सतर्कता अपनाउनु पर्ने भएकाले विद्यालयको हिउँदे तथा स्थानीय विदामा कट्टा हुने गरी मिति २०८२-०७-१६ र १७ गते जम्मा दुई दिन विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने र १८ गते मङ्गलबारबाट विद्यालय सञ्चालन गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। दिपेश थापा प्रिन्सिपल

Read More →
Posted By Logo

Sayapatri

03:02 PM    01/11/2025

115

Subject: शोक विदा सम्बन्धमा

यस विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत विद्यार्थी खुसी बस्नेतको यही मिति २०८२ असोज २९ गते बुधबारका दिन अकल्पनीय निधन भएको दु:खद घटनाले विद्यालय परिवार मर्माहित एवम् स्तब्ध भएको छ। यस शोकको घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै मिति २०८२ कार्तिक १४ गते शुक्रबारका दिन शोक विदा गरिने निर्णय भएको कुरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारीका लागि अनुरोध छ।

Read More →
Posted By Logo

Sayapatri

06:14 AM    29/10/2025

Notice Image
23

Subject: School Resumes from 12th of Kartik

Dear Parents/Guardians and Students, We are pleased to inform you that the school will reopen on 12th of Kartik after the one-month Dashain & Tihar vacation. Regular classes will resume from the first day. Thank you.

Posted By Logo

Sayapatri

11:12 AM    17/09/2025

Notice Image
104

Subject: शोक बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति : २०८२-०५-३१ आदरणीय अभिभावकज्यू विषय : जानकारी सम्बन्धमा। प्रस्तुत विषयमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२-०६-०१ गते बुधबारका दिन 'शोक विदा' दिने जानकारी प्राप्त भएबमोजिम यस विद्यालय बन्द रहने कुरा जानकारी गराउँदै असोज १ गतेबाट सञ्चालन गरिने भनिएको दोस्रो त्रैमासिक परीक्षा असोज २ गतेबाट सञ्चालन गरिने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ। प्रिन्सिपल

Read More →
Posted By Logo

Sayapatri

09:39 PM    08/09/2025

Notice Image
101

Subject: अत्यन्त जरुरी सूचना

Gen-z आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै PABSON धनकुटाको निर्णयअनुसार भोलि मिति २०८२ भदौ २४ गते मङ्गलबारका दिन देखि अर्को सूचना प्रकाशित नभएसम्म यस विद्यालयको नियमित पठनपाठन बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ।

Read More →
Posted By Logo

Sayapatri

08:15 PM    30/07/2025

Notice Image
120

Subject: परीक्षाफल प्रकाशन तथा खिर खाने दिनको कार्यक्रम सम्बन्धि सूचना

यस विद्यालयद्वारा सञ्चालन गरिएको प्रथम त्रैमासिक परीक्षाको नतिजा यही मिति २०८२ साल साउन १८ गते आइतबारको दिन दिउँसो १ बजे प्रकाशन गरिने कुरा जानकारी गराउँदै गत वर्ष जस्तै यस वर्ष पनि साउन १५ गतेका दिन अथवा भोलि यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई खिर खुवाइने कार्यक्रम भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

Read More →
Posted By Logo

Sayapatri

07:30 AM    24/07/2025

Notice Image
122

Subject: परीक्षाफल स्थगन सम्बन्धी जरूरी सूचना

यस विद्यालयले मिति २०८२/०३/२० गतेदेखि सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल यही मिति २०८२/०४/०९ गते शुक्रबार प्रकाशन गरिने भनिएकोमा विविध कारणवश अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि परीक्षाफल स्थगन गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

Read More →