मेरो देश
                                        सोफिया गहतराज
कक्षा : ७
                हिमाल, पहाड, तराईले सजिएको देश,
दौरा, सुरुवाल, टोपी आहा ! कति राम्रो भेष
गाउँघर, पाखाबारी तराइ झनै राम्रो,
सबै जातको आँगनी हो मेरो प्यारो देश

घाम राम्रो, जून राम्रो, आकाश झनै राम्रो,
खेल्ने फाँट, चउर , बगर विश्व नै हो हाम्रो 
नदी झर्ने पर्वतले मोती चम्काइदिन्छ,
पूर्वतिर फर्की हेरे ज्योति झल्काइदिन्छ 
Comments
- 
                                
Punya
Beautiful poem, Sofiya.
Keep writing.